अछामको बान्निगढि गाउँपालिका वडा नं. ५ सुगालीका ४८ वर्षीय गोकर्ण रावललाई सेती प्रादेशिक अस्पतालबाट आज दिउँसो भेन्टिलेटर सहित काठमाडौँको लगिएको छ ।
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका उनलाई धनगढीबाट थप उपचारका लागी आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।
स्थानीय बयल पाटा अस्पताल पु¥याइएका उनलाई हिजो बिहान सेती अस्पताल पुगाइएको थियो ।



अवस्था सुधार नआएपछि आज सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराको पहलमा हेलिकप्टरबाट काठमाडौँको ग्राण्डि अस्पताल लगिएको मन्त्री वोहराका स्वकीय सचिव पङ्कज शाहले बताए ।
हेलिकप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने गरी उनलाई पठाइएको शाहले बताए ।
Views: 118

























