२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

अरिङ्गालको टोकाइबाट गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

अछामको बान्निगढि गाउँपालिका वडा नं. ५ सुगालीका  ४८ वर्षीय गोकर्ण रावललाई सेती प्रादेशिक अस्पतालबाट आज दिउँसो भेन्टिलेटर सहित   काठमाडौँको लगिएको छ । 
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका उनलाई धनगढीबाट थप उपचारका लागी आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो  । 
स्थानीय बयल पाटा अस्पताल  पु¥याइएका उनलाई हिजो बिहान सेती अस्पताल पुगाइएको थियो ।

अवस्था सुधार नआएपछि आज सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराको पहलमा हेलिकप्टरबाट काठमाडौँको ग्राण्डि अस्पताल लगिएको मन्त्री वोहराका स्वकीय सचिव पङ्कज शाहले बताए ।

 हेलिकप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने गरी उनलाई पठाइएको शाहले बताए । 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।