२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक जोशी लुधयिनामा हुने होली बिशेष कार्यक्रममा आउँदै

कञ्चनपुर(मनोज भट्ट)- भारतको लुधयिनामा हुने होली बिशेष कार्यक्रममा बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक हंसराज जोशी आउने भएका छन्। हाम्रो प्रतिभा सांस्कृतिक रंगमञ्चले आयोजना गरेको होलि विशेष कार्यक्रमको पाचौँ संस्करणमा गायाक जोशी आउने भएका हुन्।

गायक जोशीले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित खुला मञ्चमा सम्पन्न भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा स्थान पाएका थिए।

बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक जोशीले काली काँजरमा, बोल माया बोल लगायतका थुप्रै गीतहरू सार्वजनिक गरिसकेका छन्। उनका गीत आशीर्वाद मिडिया प्रा.लि.द्वारा सञ्चालित सुदूर खबर वान मार्फत बजारमा आएका छन्। उनका गीतहरूले नेपाल लगायत भारतको कुमाउ क्षेत्रमा समेत चर्चा बटुलेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।