२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

स्मार्ट गाउँ रुपाल भित्र लुकेको सायल (यात्रा सहित)

डडेल्धुरा(दिपकराज भट्ट)-डडेल्धुरामा सात पालिका रहेका छन् । डडेल्धुरा धार्मिक तथा पर्यटकिय क्षेत्रहरुमा पनि धनि रहेकोछ । यहाँका मुख्य पर्यटकिय क्षेत्रहरुमा भागेश्वर मन्दिर, अजयमेरुकोट,उग्रतारा मन्दिर, घटालथान, गन्याप शिखर, आलिताल रहेका छन् । तर प्रचुर सम्भावना भए पनि प्रचारप्रसारको अभावले कर्यौ पर्यटकिय गनत्व्यहरु भने पर्यटकको रोजाई सम्म पुग्न सकेका छैनन् ।

यस्तै……
डडेल्धुराको भागेश्वर गाउँपालिकामा रहेको एक गनत्व्य हो सायल झर्ना ।
हामीले सायल पुगनकै लागि भने एक दिन अगाडि योजना बनायौ । हामी सायलको यात्राका लागि डडेल्धुरा जिल्ला सदरमुकाम बाट ४५ मिनेटको मोटर गाडिको यात्रा गरेर सायलको बाटो तर्फ लाग्यौ । बगकोट बाट रुपाल रोड भएर जाने सायलमा हामीले बगरकोट बाट २ घण्टाको यात्रामा रुपाल सदरमुकाममा पुग्यौ । रुपाल बाट १५ किलोमिटर पश्चिम दक्षिणमा रहेको सायल पुग्न भने हामीलाई १ घण्टा लाग्यो । १ घण्टाको त्यो कच्चि बाटो जहाँ कठिनाई साथ हामी सायल पुग्यौ ।

सायल जाने बाटोमा हामीले देख्ने त्यी भारतका चिल्ला सडकहरुले हाम्रो मन नै उदासिनता भएको थियो तर सायल झर्ना पुग्ना हाम्रो मन झर्ना तिर नै लोभियो ।
सालय झर्ना करिब पाचँ स मिटर जति भरिएकोछ । रुपाल नौतडि हुदैँ बिस्तडि भएर बग्ने खोल सायल पुगेर झर्नाको रुपमा परिणत भएकोछ । यहाँका स्थानीयहरुले झर्नाकै खोला बाट भरपुर मात्रामा सिचाई गरेका छन् तर यहाँ जिविका चलाउने धान र गहँ बाहेक अरु उत्पादन तर्फ भने किनास नै अनविज्ञ रहेका छन् ।

सालयको पानि सायल, लिउड मा सिचाईको स्रोत्रका रुपमा प्रयोग गरिएकोछ । सायल खोलामा बग्ने सुरिलो स्वरले जो कोहिको मन लोभ्याउछ । शान्त अनि एकान्त ठाउँमा रहेको सायल झर्ना घुमन्तेहरु(पर्यटकका) लागि निकै राम्रो ठाउँ रहेकोछ ।

पुर्वाधरमा कमी
यात्राकै क्रममा सायल जाँदा भारत तर्फ पक्कि दुई लेन चिल्लो सडक देखिन्छ भने नेपाल तर्फ खाल्डाखुलडी भएको कच्ची सडक छ त्यो पनि नत महाकाली सम्म छ न त सायल तर्फ नै ।
सायल , लिउड गाँउहरुमा पानी भरपुर रहेता पनि सिचाइृ पुर्ण प्रयोजन धान र गहुँ बालीका लागि मात्र छ । यहाँ तरकारि पकेट क्षेत्र बनाएर कार्यान्व्य गर्ने हो भने यो तरकारि तथा फलफुलको हबका लागि प्रख्यात हुने थियो कि ?
कसरि प्रचार्रसार गर्ने होला त सायलकोः
हो हामी प्रचारप्रसारकै लागि बर्षको एक पटक सायल पुग्ने गरेका छौ खबरदारी न्युजको बार्षिक कार्यक्रम डडेल्धुरा चिनाऔ अभियान अन्र्तगत आज हामी सायल पुगेका हौ । खुशीको हाल सायल झर्ना अवलोकन गर्नेहरुको संख्या मासिक १० देखि १५ जना रहेको स्थानीय रमेश जोशीले बताए ।
हामीले सायलको प्रचारप्रसार गर्न सक्यौ भने सयौ पर्यटकहरु सायलमा भित्र्याउनु सक्छौ यति मात्र हैन सडक बाटोको पहँच पुगाउन सकेका छिमेकि मुलुक भारत बाट पनि भारतीय पर्यटकहरु भित्रिने सम्भावना उच्च रहेकोछ ।

डडेल्धुराको सायल झरना कसरी पुग्ने ? – खबरदारी न्युज (khabardarinews.com)

आहा सायल झर्ना (फोटोफिचर) – खबरदारी न्युज (khabardarinews.com)

आहा ! लुकेकाे सायल झर्ना , कस्तो छ त सायल – खबरदारी न्युज (khabardarinews.com)

हेरौं तस्विरमा सायल झर्नाः

 

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।