डडेल्धुरा(जनक महरा)- सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्ला सदरमु्काममा रहेको उग्रतारा मेला आज सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकाम बाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्ग सँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हिजो रतेडी र आज दिउसेडी मेला सम्पन्न भएको हो ।



करिब २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गरेको छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन् ।
























