२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

योग गर्नु फाईदै फाईदा

डडेल्धुराः योगले शारीरिक मात्र नभइ मानशिक स्वास्थ्य सन्तुलनमा समेत विशेष फाइदा पुर्याउँछ । आफुलाई दिनभरि ताजा राख्न र रोगबाट बच्न मानिसहरुले अब ‘योग’ लाई आफ्नो जीवनको पाटो बनाउन थालेका छन् । जुनसुकै मौसममा गर्न सकिने योग पछिल्लो समय विश्वभर नै चर्चामा छ । डडेल्धुरामा योग गर्नेहरुको संख्या बढदो क्रममा रहेकाछ । पछिल्लो समयमा मानिसहरुले योग प्रतिको विस्वास बढाएका छन् ।
योग गर्नुका यस्ता छन् फाईदाहरुः
शरीरका अंगहरुमा लचकता : दैनिक योग अभ्यासले शरीरका अंग र भागहरुमा लचकताको वृद्धि गर्छ । शरीरको हात, पाखुरा, काँध, खुट्टा र जोर्नीहरुको संरचनामा शक्ति र लचकता सिर्जना गर्छ ।

तनाव नियन्त्रण: दैनिक योगको आसन, प्राणायम र ध्यानले मानिसको तनाव निवारण गर्नमात्र नभई मुटुको चाल सन्तुलित गर्छ । तनाव र अनिद्राबाट मुक्ति पाउने सबैभन्दा सजिलो उपायका रुपमा योगलाई लिइन्छ ।

तौल घटाउन: नियमित रुपमा गरिने योगले शरीरको मेटावोलिक प्रणालीमा बल प्रदान गर्छ जसले शरीरमा रहेको फ्याट घटाउन मद्दत गर्छ ।

स्वस्थ रहन: नियमित योग अभ्यासले तन्दुरुस्ती बढाउन सहयोग गर्छ, मुटुको चाल सुन्तुलनमा ल्याउँछ, तनावको दर घटाउँछ र खुशी प्रदान गर्छ । यो सबै पक्षले मानिसको आयु वृद्धि हुन्छ ।

स्वासप्रश्वास राम्रो बनाउँन: हरेक योग अभ्यासमा श्वासप्रश्वासको गहिरो र शान्त प्रकृयाहरु हुन्छन् । यसले मानिसलाई आनन्दित र सुन्तुलित महसुश गराउँछ । यसले आत्वविश्वास र शान्त स्वभावको पनि बानी बसाल्छ भने फोक्सोलाई उर्जा र शक्तिले भर्छ ।

रोगबाट लड्ने क्षमता: नियमित योग गर्नाले शरीरमा रोगहरुसँग लड्ने क्षमता आउँछ । योगले शरीरलाई लचकदार बनाउनुका साथै फुर्तिलो बनाई राख्न पनि मद्दत गर्छ । नियमित रुपमा योग गर्ने मानिसहरुको इम्युन सिस्टम पनि बलियो हुन्छ ।                   जिल्ला आयुर्वेद कार्यालय डडेल्धुराको सहयोगमा तयार पारिएको

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।