डडेल्धुराः योगले शारीरिक मात्र नभइ मानशिक स्वास्थ्य सन्तुलनमा समेत विशेष फाइदा पुर्याउँछ । आफुलाई दिनभरि ताजा राख्न र रोगबाट बच्न मानिसहरुले अब ‘योग’ लाई आफ्नो जीवनको पाटो बनाउन थालेका छन् । जुनसुकै मौसममा गर्न सकिने योग पछिल्लो समय विश्वभर नै चर्चामा छ । डडेल्धुरामा योग गर्नेहरुको संख्या बढदो क्रममा रहेकाछ । पछिल्लो समयमा मानिसहरुले योग प्रतिको विस्वास बढाएका छन् ।
योग गर्नुका यस्ता छन् फाईदाहरुः
शरीरका अंगहरुमा लचकता : दैनिक योग अभ्यासले शरीरका अंग र भागहरुमा लचकताको वृद्धि गर्छ । शरीरको हात, पाखुरा, काँध, खुट्टा र जोर्नीहरुको संरचनामा शक्ति र लचकता सिर्जना गर्छ ।



तनाव नियन्त्रण: दैनिक योगको आसन, प्राणायम र ध्यानले मानिसको तनाव निवारण गर्नमात्र नभई मुटुको चाल सन्तुलित गर्छ । तनाव र अनिद्राबाट मुक्ति पाउने सबैभन्दा सजिलो उपायका रुपमा योगलाई लिइन्छ ।
तौल घटाउन: नियमित रुपमा गरिने योगले शरीरको मेटावोलिक प्रणालीमा बल प्रदान गर्छ जसले शरीरमा रहेको फ्याट घटाउन मद्दत गर्छ ।
स्वस्थ रहन: नियमित योग अभ्यासले तन्दुरुस्ती बढाउन सहयोग गर्छ, मुटुको चाल सुन्तुलनमा ल्याउँछ, तनावको दर घटाउँछ र खुशी प्रदान गर्छ । यो सबै पक्षले मानिसको आयु वृद्धि हुन्छ ।
स्वासप्रश्वास राम्रो बनाउँन: हरेक योग अभ्यासमा श्वासप्रश्वासको गहिरो र शान्त प्रकृयाहरु हुन्छन् । यसले मानिसलाई आनन्दित र सुन्तुलित महसुश गराउँछ । यसले आत्वविश्वास र शान्त स्वभावको पनि बानी बसाल्छ भने फोक्सोलाई उर्जा र शक्तिले भर्छ ।
रोगबाट लड्ने क्षमता: नियमित योग गर्नाले शरीरमा रोगहरुसँग लड्ने क्षमता आउँछ । योगले शरीरलाई लचकदार बनाउनुका साथै फुर्तिलो बनाई राख्न पनि मद्दत गर्छ । नियमित रुपमा योग गर्ने मानिसहरुको इम्युन सिस्टम पनि बलियो हुन्छ । जिल्ला आयुर्वेद कार्यालय डडेल्धुराको सहयोगमा तयार पारिएको

























