डडेल्धुरा ः २ प्रदेश सभा क्षेत्र रहेको डडेल्धुराको प्रदेशसभा ‘ख’ मा सत्तारुढ गठबन्धनमध्येको दल एकीकृत समाजवादी पार्टीले दाबी गरेको छ। आगामी आम निर्वाचनमा प्रदेश सभा ‘क’ र प्रतिनिधिसभाको एक क्षेत्र छाडेर भए पनि प्रदेशसभा ‘ख’ अनिवार्य रुपमा पाउनुपर्ने दाबी एकीकृत समाजवादीले गरेको हो।
बुधबार पार्टीको सचिवालय बैठकले अगामी चुनावमा उम्मेदवार बन्न आकांक्षी देखिएकाहरुको प्रदेश कमिटीमा सिफारिस गरेको छ। तर उनीहरुको नाम भन्न नमिल्ने जिल्ला सचिव भुवन पाठकले बताए। स्रोतका अनुसार प्रदेशसभा ‘ख’ का लागि ४ जनाको नाम प्रदेश कमिटिलाई सिफारिस गरिएको छ। यस्तै प्रतिनिधिसभातर्फ पनि ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ।



प्रदेश सभा ‘ख’ मा यसअघि उम्मेदवार बनेका डा ताराप्रसाद जोशीको नाम सिफारिस गरिएको स्रोतले बताएको छ। त्यहाँ जोशीले नै टिकट पाउने प्रबल सम्भावना रहेको छ। उनी पार्टीका केन्द्रीय सदस्य तथा उद्यमशिलता विभाग प्रमुख पनि हुन्।
यदि गठबन्धनले ‘ख’ नेकपा एसलाई नदिएको खण्डमा विद्रोह हुने स्रोत बताउँछ। त्यसका लागि नेपाली काँग्रेसबाट निष्काशित भएर नेपाली काँग्रेस ९विपी० मा गएका कर्णबहादुर मल्लसँग छलफल समेत भएको स्रोतको दाबी छ।


















