५९ करार कर्मचारीलाई एक वर्षमा १ करोड बढी रकम



डडेल्धुरा ः भागेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई एक वर्षमा १ करोड बढी रकम खर्चिएको छ। आर्थिक बर्ष २०७७—७८ मा महालेखा कार्यालयको प्रतिवेदन अनुसार गाउँपालिकाले ५९ करार कर्मचारीलाई एक करोड १० लाख खुवाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी सिर्जना गर्न नसकिने व्यवस्था छ।
तर भागेश्वर गाउँपालिकाले विभिन्न पदमा ५९ जना कर्मचारी राखी एकै वर्षमा चालु खर्चबाट १ करोड १० लाख खर्च देखाएको छ।

Views: 286


















