सुक्रवार डडेल्धुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पनन भएको भएपनि एउटा मतदान केन्द्रमा बिवादका कारण मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए ।
जोशीका अनुसार अजयमेरु गाउंपालिका वडा नं २ को सहश्रलिङ्ग मावि चमडामा रहेको मतदान केन्द्रमा बिवादका कारण मतदान रोकिएको छ। उक्त केन्द्रको मतदानको बिषयमा आवस्यक छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।



मतदान सम्पन्न भएका ठाउं हरु बाट मतपेटीका सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा आउने क्रम रहेको छ।
Views: 184


















