२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

निलकण्ठ आधरभुत विद्यालयलाई विनय मल्लको ६४ हजार आर्थिक सहयोग ः अक्ष्यय कोष निमार्ण गरिने

जनक महरा– डडेल्धुराको अमरगढि ३मा रहेको निलकण्ठ आधरभुत विद्यालय लरडा कोटेउडालाई समाजसेवि विनय मल्लले रु चौसठि हजार तीन सय पचास सहयोग गरेका छन् । सहयोग रकममा रु पाच हजार पाच सय पचपन्न नगद सहयोग,रु तीन हजार दुई सय चालिस व्यवस्थापन खर्च र रु पचपन्न हजार पाच सय पचपन्न अक्ष्यय कोषमा लगाईने छ ।
आज विद्यालयमा गरिएको औपचारिक कार्यक्रममा सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज पाण्डेय,प्रमुख अथितिमा खबरदारी मिडिया हाउसका निर्देशक दिपकराज भट्ट,अथितिमा समाजसेवि राजेन्द्र जोशि,चेतराज ओझा,वि.व्य.संघका पुर्व अध्यक्ष तिर्थ ऐर,देवराज पाण्डेय,दिपक सिंह भण्डारि, लगायत विद्यार्थि,अभिभावकको उपस्तिथिती रहेको थियो। विद्यालयलाई प्रस्ताविक आधारभुत विद्यालयको रुपमा संञ्चालन गरिएको छ। स्थानीय बाट तीन जना शिक्षकलाई राखिएको छ । उनीहरुको तलब दिनुका लागि आफुले चन्दा अभियान चालेको विद्यालयक प्रध्यानाध्यापक दिपक सिंह भण्डारिले जानकारि दिनुभयो । अमरगढि नगरपालिका सदरमुकाम बाट ११ किलोमिटर मात्र टाढा रहेको यस विद्यालयमा भौतिक संरचना पनि प्रयाप्त रहेका छैनन्।
विद्यालयको समस्यालाई मध्यनजर गगरे आफुले विद्यालयलाई उक्त राशिको रकम अक्ष्यय कोषका लागि दिएको दाता विनय मल्लको भनाई रहेको छ । मल्लले सामाजिक संञ्जाल मार्फत विद्यालयका अभिभावकहरु लाई आफुले उक्त रकम हस्तान्तरण गरेकको घोषण गरेका हुन्। मल्ल डडेल्धुरा अमरगढी नगरपालिका खलंगा घर भई हाल जापानमा रहेका छन्। उनले यस अघि पनि विद्यालय,मन्दिरमा लगानी गरेको पाईन्छ । यसरि आर्थिक अवस्था कमजोर रहेको समयमा सहयोग गरिदिएकोमा विद्यालय परिवारको तर्फबाट मल्ललाई विद्यालयका प्र.अ.भण्डारिले नमन सहित धन्यबाद दिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।