काठमाडौँ,१२ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै छ ।



नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजनासहित विविध कार्यक्रमहरु सन्चाल भइरहेका छन् ।
यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share “acts on Drugs, Save Lives तय गरिएको छ ।
हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।
Views: 634


















