डडेल्धुरा- डडेल्धुरा सदरमुकामको तुफानडाडा चोक नजिक हिजो दिउसो अमरगढि नगरपालिका झुर्कालि घर भएका सम्भु रोस्याराले सुनको औठि भेटाएका थिए ।



औठि पाए पछि उनले नजिकै रहेको प्रहरी विट तुफानडाडा लाई बुझाई दिएका थिए। बुझाए पछि पत्रकार महासंघ डडेल्धुरा शाखाका सदस्य दिपक राज भट्टले फेसबुक पोष्टमा पाएको औठि जसको हो उसले लैजानु अनुरोध गरेपछि औठि हराएका व्यक्ति आज सम्पर्कमा आएका थिए ।
सुनको औठि गन्यापधुरा घर भएकि एसोदा पनेरुको रहेको सुन २ आना रहेको र जिल्ला प्रहरी कार्यालयले सम्भु रोस्यारा र दिपकराज भट्टको समुन्व्यमा ११ बजे एसोदा लाई बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा का प्रहरी निरिक्षक राजेन्द्र चन्द ले जानकारि दिनु भयो ।

Views: 268

























