२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । महाशाखा अन्तर्गतको नेपाल बाढी सूचनाले सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्य पहाडी भूभाग भएर बहने केही स–साना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्न सक्ने बताएको छ ।

साथै केही साना नदीमा आकस्मिक बहाव पनि हुनसक्ने पूर्वानुमान रहेकोले स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । नेपालमा मनसुनको आगमन भइसकेको छ । तर, पश्चिम नेपालमा भने अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन ।

‘कोरोना संक्रमणका कारण यस पटक तयारी केहि ढिलो भइरहेको छ,’ रेडक्रस कैलालीका सभापति उत्तम जोशीले भने, ‘हामी भोलि÷पर्सीबाटै यसमा लाग्छौँ ।’ कैलालीको मोहना, कान्ध्रा र कर्णालीमा आउने बाढीले जिल्लाको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको छ । यस बर्ष समस्या हुन नदिन जिल्ला प्रशासन कार्यालयले तयारी सुरु गरेको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

‘आज पनि हामीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अनुगमन गरेर फर्किंदै छौं,’ उनले भने, ‘मनसुन सुरु हुँदैछ हामीले पनि तयारी प्रारम्भ गरेका छौं । ’ अहिले प्रशासनले आन्तरिक तयारी सुरु गरेको जनाए पनि नीतिगत रुपमा भने तयारी भएकै छैन ।

सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप तयारी हुने उनले बताए । उता कञ्चनपुरमा महाकाली र दोदा नदीले प्रत्येक बर्ष स्थानीयलाई उठिबास लगाउने गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ भुजेला र १८ सालघारीमा सामान्य वर्षामा समेत डुबान हुने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए । ‘ती क्षेत्रमा अहिले उद्धारका समाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं,’ उनले भने ‘हामीसँग सामग्री कम छ । भएकाहरूबाटै काम चलाइरहेका छौं ।’

पर्याप्त पूर्व तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा वर्सेनी विपद्बाट करोडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका विपद् र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।