डोटी : डोटीको बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।



सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामीबाट समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बडी केदार क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि देव बहादुर बोहराको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा बल बहादुर बुढा, प्रकाश धामी, शरद बहादुर मलासी, चन्द्रा देवी भूल र ज्ञानु कुमारी मल्ल रहेका छन् भने सदस्य कार्यकारी अधिकृत दिपेन्द्र बोहरा नियुक्त भएका थिए ।
उनीहरूले आज एक कार्यक्रमका बिच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
Views: 211

























