२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

बडीकेदार क्षेत्र पर्यटन विकास समिति गठन :अध्यक्षमा बोहरा

डोटी : डोटीको बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामीबाट समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बडी केदार क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि देव बहादुर बोहराको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा बल बहादुर बुढा, प्रकाश धामी, शरद बहादुर मलासी, चन्द्रा देवी भूल र ज्ञानु कुमारी मल्ल रहेका छन् भने सदस्य कार्यकारी अधिकृत दिपेन्द्र बोहरा   नियुक्त भएका थिए ।

उनीहरूले आज एक कार्यक्रमका बिच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।