कोरोना संक्रमितहरुलाई अस्पतालको क्षमताभन्दा चौब्बर भर्ना गरेपनि सारथी अस्पतालले कहिल्यै प्रशासनलाई संक्रमितको तथ्यांक दिएको छैन । नियमन गर्ने प्रशासन उल्टै भन्छ्, सारथी लगायतका अस्पतालले संक्रमितको तथ्यांक नै दिएन ।



संक्रमितलाई जति पनि संख्यामा भर्ना गरेपनि अन्तिम अवस्थामा भने सारथीले हात उठाउदै संक्रमितका आफन्तलाई भन्छ, अब हामी सक्दैनौ । सरकारी अस्पताल लैजानुहोस । त्यतिबेलासम्म संक्रमितका आफन्तसंग सारथी अस्पतालले पैसा लुटिसकेको हुन्छ । यता संक्रमितको जोगिने आश हुदैन । उता पैसा रित्तिसकेको हुन्छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीलाई केही दिन एक जना संक्रमितका आफन्तले सारथी अस्पतालले लुटेको प्रमाण समेत उपलब्ध गराएको थियो । एकै दिन सारथी अस्पतालले अक्सिजन प्रयोग गरेको भन्दै झण्डै १० हजार रुपैया असुल्यो । ६ घण्टाको २१०० रुपैयाको एउटा बील दिएको सारथीले तिनै बिरामीलाई १२ घण्टाको ६ हजार ७ सय रुपैया लिएको बील दियो

जुन बील प्रशासनसंग पनि सुरक्षित छ । प्रशासनले त्यो बील हात परेपछि सारथी अस्पतालको अनुगमन पनि गर्यो । तर कारबाही भने गर्ने आँट गरेन ।
सारथी अस्पतालले बाहिरबाट आउने संक्रमितहरुलाई मात्र लुटिरहेको छैन । आफ्नै कर्मचारी बिरामी हुदा समेत निदर्यतापूवर्क लुटिरहेको छ ।
सारथी अस्पतालमा स्वीपरका रुपमा कार्यरत एक महिला त्यहाँ काम गर्दा गर्दै संक्रमित भईन । र उपचारका लागि त्यही अस्पताल भर्ना भईन । उनीसंग पनि अस्पतालले अक्सिजनका नाममा प्रति घण्टाको ३५० रुपैया असुलिरहेको छ । संक्रमितका आफन्तले अक्सिजन बाहिरबाट ल्याएर आउनका लागि सिफारिस पत्र दिन गरेको आग्रह पनि अस्पतालले सुनेन ।
अस्पतालले पत्र नै दिन मानेन, संक्रमितका आफन्तले भने, हामी आफै अक्सिजन खोजेर ल्याउछौ भन्दा पनि अस्पतालले पत्र दिन मानेन । यस बिषयमा हामीले अस्पतालका सञ्चालक बेद जोशी संग कुराकानी गर्न खोज्दा उनले यस विषयमा बोल्न मानेन् ।
यता सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले भने संक्रमितहरुसंग रकम असुल गरेको पाईए अस्पललाई कारबाही हुने बताए । “अहिले मन्त्रालयमा कुनै पनि लिखित उजुरी अथवा गुनासो आएका छैनन्, स्वास्थ्य महाशाखाका प्रमुख कार्कीले भने,“ तर बिभिन्न मिडियामा समाचार आएको सुनेका छौँ, आज यहाँका निजि अस्पतालहरुमा सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासनको संयुक्त टोलीले अनुगन गर्दैछ । यदी अनुगमनका क्रममा संक्रमितहरुसंग रकम असुलेको पाईएका कारबाही हुन्छ ”
निजी अस्पतालहरुसँग कोभिडका बिरामीको उपचार खर्च प्रदेश सरकारले भुक्तानी गर्ने निर्णय भएको थियो। सोही निर्णयको दुरुपयोग गर्दै निजी अस्पालहरुले सम्झौताभन्दा चौब्बर बिरामी राखेर चर्को पैसा असुल्ने नियतले उपचार गरिरहेको पाईएको छ ।

























