२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

सेतीको परीक्षणमा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि,२ जना डिस्चार्ज

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ५६४ नमूना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढीका  १३४ जना यस्तै धनगढीबाहेक कैलालीका १२१ जना र अन्य जिल्लाका २७ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ ।

हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ३० जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट  २ जना निको भई घर फर्किएका छन् भने थप ६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।