धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढीका १३४ जना यस्तै धनगढीबाहेक कैलालीका १२१ जना र अन्य जिल्लाका २७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ३० जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

























