डडेल्धुरा: डडेल्धुरामा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका–७ घुम्टेगाडाकी अन्दाजी १८ वर्षीया मञ्जु विष्ट मृत अवस्थामा फेला परेकी हुन।
मंगलबार आफ्नै गाउँ नजिकैको खोला किनारमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्ट सिद्धनाथ माध्यमिक विद्यालय चन्दनीमा कक्षा १२ मा अध्ययनरत थिइन्।-ईन्फाेखबर बाट



Views: 166

























