देब साउद/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।
सानो पाइला युवा क्लब र कृष्णपुर नगरपालिका महिला विकास साखा को समुन्यममा विभिन्न वडा स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको हो ।



युवा क्लबको नेतृत्वमा विभिन्न वडामा गएर वडा स्तरीय बाल क्लब गठनको लागि विभिन्न वडामा रहेको सम्पुर्ण विधालयका विधार्थीलाई उपस्थित गराउदै वडा वडामा गएर बाल क्लब सञ्जाल गठन गरेको छ ।
बाल वालबालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ ? बालबालिकालाई अगाडी कसरी बढाउने भन्ने उदेश्यले कृष्णपुर नगरपालिकामा रहेको महिला विकास साखाको सहयोगमा युवा क्लबले बाल क्लब गठन गरेको हो । ।
वडामा मात्र नभएर बिभिन्न वडा स्तरीय बाल क्लबबाट छानेर नगरस्तरीय वाल सञ्जाल गठन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको बताएका छन् । सानो पाइला युवा क्लबले कृष्णपुर नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै आएको छ।

























