धनगढी, २५ फागुन । एमाले र माओवादी केन्द्र छुट्टा–छुट्टै पार्टी भएसँगै सुदूरपश्चिम सरकार अल्पमतमा पर्ने देखिएको छ ।



अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच एकता घोषणा गर्दै बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई खारेज गरेपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट संकटमा परेका हुन् ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एमालेका २५ जना, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र जनता समाज पार्टीका २ जना छन् । प्रदेशमा सकार गठनका लागि २७ जना प्रदेशसभा सदस्य आवश्यकता पर्दछ ।
तत्कालिन एमालेलाई सरकार बनाउन जसपा वा काँग्रेसको साथ चाहिन्छ भने तत्कालिन माओवादी केन्द्रलाई जसपा र काँग्रेसको दुवैको साथ आवश्यक पर्ने देखिएको छ ।
यस्तो अवस्थामा तत्कालिन माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका भट्टलाई सरकार टिकाउन मुस्किल पर्ने देखिएको हो ।

























