कैलाली,२५ फागुन । कैलालीको टीकापुरमा बसले मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । वनभोज गएको बसले ठक्कर दिँदा ३ जना घाइते भएका हुन्। सुदूरपश्चिम विश्व विद्यालयका विद्यार्थी सवार ना ४ ख ४२५४ नम्बरको बसले टीकापुर नगरपालिका वडा नम्बर ५ पार्कमोर्डमा मोटरसाइकललाई ठक्कर दिएको हो।



से.३ स १६४८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन्। घाईते हुनेमा मोटरसाईकलमा सवार टीकापुर नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय हरिराम चौधरीसंगै २३ वर्षीया कमल चौधरी र ५ वर्षिय छोरा समेत घाइते भएको प्रहरीले जनाएको छ ।
बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ४५ वर्षिय रामबहादुर डगौरा र बसलाई टिकापुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
Views: 145

























