२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

कृष्णपुर नगरपालिकाले पनि नारी दिवस विभिन्न कार्यक्रम गरी मनायो

कृष्णपुर- आज मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय महिला दिवस । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ देशभर विविध कार्यक्रमहरु गरी मनाइँएको छ ।

कंचनपुरको कृष्णपुर नगरपालिकामा भब्यताका साथ नारी दिवस मनाईएको छ । कृष्णपुर नगरपालिका भित्र रहेका विभिन्न महिला समूह , सहकारी तथा कृष्णपुर नगरपालिकाको आयोजनामा र्याली पछि एक औपचारिक कार्यक्रमका बिचमा दिवस मनाइएको हो ।

र्यालीमा सहभागीहरुले छोराछोरी बराबरी , सबैको सहभागीता महिला हिंसा बिरुद्धको प्रतिबद्धता , हाम्रो आह्वान महिलाको सम्मान , घर शान्ति नै बिश्व शान्तिको आधार हो , मानबताका लागि महिला सशक्तिकरण ब्यबहारमा उतारौ , लैङ्गिक समानताका लागि पाईला हाराहारी सन् २०३० सम्म हिस्सा बराबरी , संबिधानलाई ब्यवहारमा उतारौ, महिला अधिकार सुनिश्चित गरौ , महिला मैत्री संबिधान महिला हिंसाको निदान , महिला हिंसा बिरुद्ध शून्य सहिष्णता कायम गरौ , छाउपडी प्रथा अन्त्य गरौ , बलत्कारीलाई फासी दे जस्ता नारा लगाएका थिए ।

औपचारिक कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले महिला पुरुष समान हुन ” हामिले महिलालाई समान रुपमा हेर्नू पर्ने तथा अहिले महिला हरु पहिले भन्दा आफैमा पनि सचेत र शिक्षित भएको बताए । उनले भने ” महिलाहरुको अधिकारको लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको भन्नू भयो ।

कार्यक्रममा महिलाहरुको अधिकारको लागि अघि सरेको भन्दै नगरप्रमुख हमाल र उप प्रमुख राजमती रानाले महिलाहरुलाई सम्मानित समेत गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।