२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

कृष्णपुरका मेयर हमालद्धारा वैवाहिक वर्षगाठको अवसरमा सेभ हाउसलाई सहयोग

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले आफ्नो वैवाहिक वर्षगाठको उपलक्ष्यमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेका छन । कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउसलाई मेयर हमालले आफ्नो १५ औं वैवाहिक वर्षगाठको उपलक्ष्यमा खाध्यान्न तथा फलफुल सहयोग गरेका हुन् ।

खाद्यान्नहरु नगरप्रमुख हमाल र उनकी धर्मपत्नी निर्मला हमालले महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका थिए भने फलफुलहरु आफैले सेभ हाउसका बालबालिकाहरुलाई दिएका थिए ।

उनले शुभ कार्यमा बिभिन्न खाले फर्जुल खर्च गर्नुभन्दा थारै भएपनि सेभ हाउसमा रहेका महिला तथा बालबालिका लागि भनेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको मेयर हमालले बताए । उनले सेभ हाउसका अध्यक्ष लगाएतका पदाधिकारीहरुको प्रशंसा गर्दै सबै भन्दा ठूलो पुण्यको काम गरिरहेको भन्दै धन्यवाद समेत दिएका थिए ।

उनले आगामी दिनहरुमा पनि आफ्नो ब्यक्तिगत र नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । आफ्नो वैवाहिक वर्षगाठ र महिला दिवसमा अबसरमा अत्तरियामा पुगेर सहयोग गरेको भन्दै सेभ हाउसकी अध्यक्ष मलासीले धन्यवाद समेत दिएकी छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।