२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

नारी दिवस लक्षित महिला भलिवल प्रतियोगिता सम्पन्न

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले १११औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सचेतनामुलक महिला भलिवल प्रतियोगिता संचालन गरेको छ ।
विगत २०५१ साल देखी ग्रामिण क्षेत्रका महिला, वालवालिका र अन्य नागरीकहरुको सेवामा रुडुक तल्लीन रहेको कार्यकारी निर्देशक सरस्वती खड्काले वताईन ।
सोही अनरुप महिलाको उत्थान स्वरुप १११औं अन्तराष्ट्रिय महिला दिवस लक्षित महिला भलिवल प्रतियोगिता संचालन गरेको ऊनले बताईन ।
महिलाहरुलाई हरेक क्षेत्रमा शसक्त वनाउने , रुडुकका संस्थापक अध्यक्ष डा.आरजु राणा देउवा र रुडुकको लक्ष्य हो । कसरी लैङ्गीक हिंसा कम हुन्छ हाम्रो प्रयास जारी छ खड्काले भनीन ।
रुडुक डडेल्धुराले आईतवार फागुन २३ गते जिल्लाको ठूलो भुगोल क्षेत्र र अत्यधिक जनसंख्या ओगटेको परशुराम नगरपालिकामा महिला भलिवल प्रतियोगितामा संचालन गरेको हो ।
परशुराम नगरपालिकाकाका उप–प्रमुख तथा रुडुक डडेल्धुराका कार्य समिती सदस्य कलावती देबी बोहराको अध्यक्षता तथा नगर–प्रमुख भीम बहादुर साउँदको प्रमुख आथित्यतामा प्रतियोगिता संचालन भएको हो ।
आठ महिला टिमको सहभागितामा संचालन भएको एक दिवसीय प्रतियोगितामा जगदम्वा आमा समुह परशुराम ४ कटाल विजयी भएको छ ।
भित्री मधेष क्षेत्रको पहिलो एफ.एम. रेडियो रेडियो परशुराम एफ.एम.९१.२ मेगाहर्ज जोगबुडा दोस्रो भएको छ ।
महिला एकता समुह परशुराम १२ जोगबुडा तेस्रो भएको प्रतियोगिताका प्रमुख रेफ्रि लक्ष्मण सिह मडैले जानकारी दिए ।
प्रतियोगीतामा प्रथम, द्वितिय र तृतिय टिमलाई फागुन २४ गते १११औं महिला दिवसको अवसरमा पुरुस्कार ,प्रमाण पत्र ट्रफि वितरण गरीने रुडुक ट्रोसा कार्यक्रम संयोजक अम्मर साउँदले गाउँघरन्यूज लाई जानरकारी दिए ।
महिलाहरु पनि हरेक क्षेत्रमा सवल छन । चुलो र चौकोमा सिमीत नरही राजनैतिक, सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउने उदेश्यले विबिध कार्यक्रम संचालन गरी महिलाको उत्थान हुने कार्यक्रमका प्रमुख अतिथी तथा परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।