कञ्चनपुर, २४ फागुन । कञ्चनपुरका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरीले २ लाख ८ हजार ६ सय ६० मुल्य बराबरका अबैध सामान तथा कुखुरा बरामद गरेको छ ।



सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पोष्ट बयलबन्दा, पुनर्वास, गड्डाचौकी, दोधाराचाँदनी र झिलमिलाबाट खटिएका सीमा गस्ती टोलीले जिम्मेवारी ईलाकामा सीमा गस्ती गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको मोबाईल, मोबाईल पार्टस, किराना समान, कलर प्रिन्टर, तयारी कपडा, औषधि, व्याट्री र प्रतिबन्धित बोईलर कुखुरा बरामद गरेको हो ।
बरामद गरिएका प्रतिबन्धित बोईलर कुखुरा पशु क्वारेन्टाईन कार्यालय तथा अन्य सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिनुभयो ।

























