२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

नेपालमा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिए

काठमाडौँ,२४ फागुन । नेपालमा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको जनाउनुभयाे ।

पछिल्लो चौबीस घण्टामा ४२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ९२७ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९७ हजार २३५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ जना क्वारेन्टिनमा छन् । केही दिनदेखि कसैको पनि मृत्यु नभए पनि पछिल्लाे २४ घण्टामा एकजनाकाे मृत्यु भएकाे छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११ जनाको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।