२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको खोप लाउनेहरुको सहभागिता बढ्दै

धनगढी,२४ फागुन ।  कोरोना विरुद्धको खोपको दोस्रो चरणको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा खोप लाउनेहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको पाईएको छ ।

प्रदेशका ९ वटै जिल्लाको ७३५ खोप केन्द्रबाट फागुन २४ गतेदेखि चैत्र १५ गतेसम्म ५५ वर्षमाथिका ३ लाख ६२ हजार जनसंख्यालाई खोप लगाउन शुरु गरिएको सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्काीले बताए । उलने हाल १ लाख २० हजार डोज खोप मात्रै प्राप्त भएपनि बाकी खोप समयमा नै आईपुग्ने बताए ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधि पत्रकार र अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी गरी ३८ हजार ३ सय २ जनालाई खोप दिइएको बताउँदै दोस्रो चरण अन्तर्गत ५५ वर्षमाथिका ३ लाख ६२ हजारलाई खोप दिईने बताए ।

कैलाली जिल्लामा ५५ वर्षमाथिको जनसंख्या १ लाख १८ हजार रहेको भएपनि ४७ हजार डोज खोप मात्रै आएका कारण यो पटक ४ वटा स्थानीय तहमा खोप अभियान चलाईको स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले बताए । उनले धनगढी उपमहानगरपालिका, गौरिगंगा, लम्कीचुहा र टीकापुर नगरपालिकाका ३४ ओटा खोपकेन्द्रबाट खोप लगाइएको बताए ।

दोश्रो चरणको खोप अभियान शुरु भएको पहिलो दिन सुदूरपश्चिम प्रदेशमा २२ हजार जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए । त्यस्तै कैलालीमा मात्रै चारहजार ४ सय जनाले पहिलो दिन कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख धामीले बताए ।

त्यस्तै स्वास्थ्य कार्यालय कैलालीले खोप लगाउन आउने जेष्ठ नागरिकहरुको स्वास्थ्य जांच समेत गर्ने गरेको स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख धामीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।