२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

अबैध सामानको तस्करी बढ्न थालेपछि कञ्चनपुरकाे पुनर्वासका बजार बन्द

कञ्चनपुर,२४ फागुन । पछिल्लो समय  सिमावर्ती नाका भारतबाट अबैध सामानको तस्करी र भन्सार  छलिका सामानमा वृद्धि भएको भन्दै कञ्चनपुरको पुनर्वास बजार बन्द गरिएको छ । उद्योग बाणिज्य संघ पुनर्वास शाखाले नगरपालिका भित्रका स्थानिय बजारहरु आधा दिन दिउँसो १२ बजे सम्मका लागि बन्द गराएको हो ।

उद्योग बाणिज्य संघले बन्द आह्वान गरेपछि पुनर्वासका मुख्य बजार आईबिआरडी बजार र प्रतिभा बजार पूर्ण रुपमा बन्द भएका छन । ब्यवसायीहरुले सिमा नाकामा कडाई गरिनुका साथै भन्सार कार्यालयको स्थापनाका लागि स्थानिय निकाय सँग माग समेत गरेका छन । भारतीय सिमा सँग जोडिएको पुनर्वासमा खुला सिमाका कारण विभिन्न चोरी नाका हुँदै लागू औषध जस्ता अबैध सामानका साथै भन्सार छलेर लाखौँको मालसामान भित्रिने गरेको स्थानियहरुले बताउदै आएका छन् । 

स्थानिय निकाय सँग सिमा नाका बन्द गर्नका लागि पटक पटक अनुरोध गरेको र डेलिगेशन समेत गरेको भएपनि नगरपालिकाले कुनै चासो नदेखाएपछि साँकेतिक रूपमा बजार बन्द गराउनु परेको कञ्चनपुर उद्योग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण बहादुर तामाङ्ले बताए ।

स्थानिय निकाले बेवास्ता गरेमा फागुन २६ गते नगरपालिका घेराउ, तालाबन्दि लगायतका सशक्त आन्दोलन गरिने उद्योग बाणिज्य संघले जनाएको छ । केहि दिन अघि कञ्चनपुर जिल्लाको  बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल–भारतको सीमा क्षेत्र कालीपुल नजिक नेपाल प्रहरी र भारतीय तस्करको समूह बीच दोहोरो भिडन्त हुँदा भारतको पिलिभित बस्ने २५  वर्षीय गोविन्द सिंहको मृत्यु  मृत्यु भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।