२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

कालिकोट र कैलालीमा बाढीपहिरोबाट मृत्यु हुनेको सख्या पाँच पुग्यो

कैलाली- बाढी र पहिरोमा परी बिहीबार कालिकोट र कैलालीमा मृत्यु हुनेको सख्या पाँचजना पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार धारामा पानी भर्न गएका कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– ६ मा खोलाले बगाएर ६२ वर्षीय पर्शुराम सञ्ज्याल र उनकी बुहारी २९ वर्षीया तारा धमला सञ्ज्यालको मृत्यु भएको छ ।

कालिकोटकै महावै गाउँपालिका–७ कोडबाडाका तुलबहादुर महतराको घर भत्किँदा दुई बालबालिकाको ज्यान गएको छ ।

बुधबार बेलुका वर्षाले घर भत्किँदा आँगनमा खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीकी छोरी चार वर्षीया संगीता र सूर्य महतराका छोरा १२ वर्षीय गणेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्स्पेक्टर यज्ञराज जोशीले बताए ।

घर भत्किँदा चार बालबालिका घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कैलालीको भजनी नगरपालिका–८ जनकपुरका इजिकेल चौधरीको घर बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बाढीले बगाएका इजिकेलको बिहीबार हुलाकी राजमार्गबाट एक किलोमिटर तल शव भेटिएको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बाढीले बेपत्ता भएका स्थानीय ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्रबहादुर विकको अवस्था अझै अज्ञात रहेको छ । अरुको नि खाजि कार्य भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।