२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

आलोक मल्टी कन्सर्न प्रा.लीमा आगलागीबाट ठुलो क्षति ब्यहोरेको भन्दै कैलाली उद्योग वाणिज्य सङ्घले सबैमा सहयोगको अपिल

धनगढी । धनगढी उपमहानगरपालिका ४ चटकपुर स्थित आलोक मल्टी कन्सर्न प्रा.लीमा आगलागीबाट ठुलो क्षति ब्यहोरेको भन्दै कैलाली उद्योग वाणिज्य सङ्घले सबैमा सहयोगको अपिल गरेको छ। आइतबार उद्योग वाणिज्य सङ्घ कैलालीले व्यापार व्यवसायी तथा पीडित सञ्चालक द्वयसँग छलफल गर्दै सबैमा सहयोगको अपिल गरेको हो ।

यस्तै उद्योग वाणिज्य सङ्घ कैलालीले आगलागीबाट भोजराज भट्ट र पदम भण्डारीको संयुक्त लगानीमा सञ्चालन गर्न लागिएको उद्योगको उद्घाटन पुर्व ठुलो क्षति ब्येहोरेकोमा सञ्चालक द्वयलाई सदैव सहयोग र सहकार्य गर्ने र विपद्को घडीमा सञ्चालकलाई पुनः उद्योग सञ्चालनका लागी आवश्यक रकम सहयोग गरिदिन सबैमा आग्रह गरिएको अध्यक्ष पुष्पराज कुवंरले बताए ।

सहयोगका लागी संधिय, प्रदेश र स्थानीय सरकार, बैङ्क तथा वित्तीय संस्था, आन्तरिक राजस्व कार्यालय भन्सार कार्यालय, उद्योग व्यवसायी, सरोकारवाला निकाय तथा सबैलाई अपिल गरिने बताए । यस्तै कैलाली उद्योग वाणिज्य सङ्घले क्षतिबाट सञ्चालक द्वयलाई पर्न जाने आर्थिक भारलाई कम गर्न ग्लोबल आइएमइ बैक धनगढीको खाता नम्बर २४०१०१०००००४४ मा सहयोग रकम जम्मा गर्न सबैमा आग्रह गर्दै उद्योग वाणिज्य सङ्घले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।