जय बहादुर ऐर/झलारी -कंचनपुर प्रहरी कार्यालयका डिएसपी अमर वहादुर थापाक्षेत्रिले समाजमा घट्ने अपराधका घटनाको निरूपणमा प्रहरीलाई समाजकाे साथ सहयाेग आवश्यक रहने वताएकाछन्।



आईतवार ईलाका प्रहरी कार्यालय झलारिले आयाेजना गरेकाे नागरिक सुनुवाइ कार्यक्रममा सराेकारवाला संगकाे छलफलमा प्रहरी नायव उपरिक्षक (डिएसपी)थापाक्षेत्रिले समाजमानै अपराधहुने त्यहि समाजमानै अपराधि लुकेर वस्ने भएकाले समाजले अपराध नियन्त्रणमा साथ नदिदा अपराधीक घटना वृद्धि हुनसक्ने वताएकाछन्।डिएसपी श्रेत्रिले प्रहरीले गर्ने सेवा प्रवाहमा शान्तिसुरक्षा,अपराध नियन्त्रण अन्य विविध सेवामा प्रहरीलाई जहिले पनि नागरिक समुदायको साथ सहयाेग आवश्यक रहने कुरामा समाजले पनि सत्य तथ्य सुचनादिई सचेत नागरिकको भुमिका निर्वाह गर्नुपर्ने सुझाव दिएकाछन्।समाजमा धट्ने गरेका हरेक घटनाकाे अनुसन्धानमा नागरिकको सहयाेग नरहदा केही घटनाकाे अनुसन्धानमा असहजहुने उनलेभने प्रहरी कानुन कार्यान्वयन गराउने निकाय हाे।
प्रहरीले तटस्थ रहेर जनताको सेवामा दिनरात खटिरहने संगठन भएकाे डिएसपी थापाक्षेत्रिले वताए।यस्तै नागरिक सुनुवाइ कार्यक्रममाआयाेजन गर्दै ईलाका प्रहरी कार्यालय झलारिले गरेका कार्य हरूकाे जानकारि दिदै प्रहरी निरिक्षक कण वहादुर वाेहराले कार्यक्षेत्र भाैगाेलिक विकटता संगै थाेरै जनशक्ति न्यून साधन श्राेतका वावजुद पनि प्रहरीले शान्तिसुरक्षा अपराध नियन्त्रणकाे व्यवस्था मिलाउनु परेकाे वताएकाछन्।उनलेभने कार्यालयले त्रिबर्सिय अपराध तथ्यांक अनुशार आव.०७५/०७६ मा१सय१२मुद्वा,आव.०७६/०७७मा जम्मा १सय२५मुद्वा दर्ता भएकाेमा चालू आव.०७७/०७८काे फागुन सम्ममा ९५मुद्वा दर्ता भएकाे प्रहरी निरिक्षक वाेहराले वताए।
यस्तै प्रहरी निरिक्षक वाेहराले आव.०७६/०७७मा विभिन्न मुद्वाका १५जना फरार प्रतिवादी पक्राउ गरि आवश्यक कारवाहिका लागि कञ्चनपुर जिल्ला अदालत वुझाएकाे वताउदै १हजार १सय ६४ दर्ता भएका ठाडाे उजुरिकाे सामाधान गर्दै यश कार्यालयमा महिला वालवालिका हराए भनी खाेजतलासकाे साठी निवेदन परेकाेमा ३८जनालाई फेला पारि अभिभावक जिम्मा लगाईएकाेमा जसमध्ये १९जना आफै आफन्तकाे सम्पर्क आाईसकेकाे र ३जनाकाे खाेजतलास जारिरहेकाे समेत प्रहरी निरिक्षक वाेहराले भने आव०७७/०७८ मा भंसार चाेरिछलि ल्याएका विभिन्न मालसमान ६लाख १२हजार ६सय८० वरावर अवैध समान,चाेरिका ११वटा माेटरसाईकिल,जिप एउटा लाई कार्वाहीका लागि गड्डाचाैकि भंसार वुझाएकाे उनले जानकारि दिए।यस्तै उनले दैवीप्रकोप वाडिपिडितकाे उद्वारसंगै २८वटा सार्वजनिक स्थलमा सरसफाइ,४६वटा सचेतना मुलक कार्यक्रम,ट्राफिक नियम विपरित चल्ने ३हजार २सय ३वटा सवारीसाधनलाई कार्वाही गरि १८लाख४४हजार संकलन गरि राजश्वमा जम्मा गरिएको प्रहरी निरिक्षक वाेहराले जानकारि दिए।
समाजमा शान्तिसुरक्षा अपराध नियन्त्रण गर्न सवैक्षेत्रकाे साझेदारी सहकार्य अपरिहार्य रहेकाे समेत उनले वताए।कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐर रहेकाे कार्यक्रममा वडा अध्यक्ष रमेश वहादुर ऐर,शिवराज पनेरू,नेपाल रेडक्रस साेसाईटि उपशाखा झलारिका सभापति शेर वहादुर साउद,झलारि पिपलाडि उवासंघका अध्यक्ष हरेन्द्र भण्डारी काेषाध्यक्ष नैनसिंह वाेहरा,नागरिक सुशासन समाजका अध्यक्ष वीर वहादुर वाेहरा,युथ नेटवर्कका अध्यक्ष हरिश धामि, सेभ हावसका सचिव मधु वाेहरा,लगायतले मन्तव्य राखेका थिए।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेकाे थियाे।

























