२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

प्रधानमन्त्री अनुपस्थित, प्रचण्ड-माधवको बहिष्कार, काँग्रेसको नाराबाजी

सर्वोच्च अदालतको फैसलापछि आज अपरान्ह बसेको प्रतिनिधिसभाको बैठक ढिलो शुरु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बानेश्वरस्थित संसद भवन पुगेलगत्तै बालुवाटार फर्किनुभयो ।

संसद बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले केही बेरअघि सर्वोच्चको फैसलाबाट दलविहीन बनेको पार्टीको संसदीय दलको बैठक बोलाउनुभएको छ ।

अदालतको फैसलालगत्तै निर्वाचन आयोगले थप निर्णय नगरेसम्म स्वतन्त्र हैसियतमा पुगेका नेकपाका सांसदहरुलाई जुनुसकै निर्णय प्रक्रियामा सहभागी भएको अवस्थामा अब पार्टी ह्वीप नलाग्ने देखिएको छ ।

प्रचण्ड–माधव समूहका नेता भीम रावलले भने प्रारम्भमै प्रतिनिधिसभा बैठकको कार्यसूचीप्रति आपत्ति जनाउनुभएको थियो । पहिलो बैठकमा शोक प्रस्ताव पारित गर्नुपर्ने संसदीय प्रक्रिया विपरित अन्य विषय राखिएको भन्दै उक्त समूहले बैठक बहिष्कार गर्यो ।

नेपाली काँग्रेसले पनि प्रधानमन्त्रीले गलत मनशायले जारी गर्नुभएको संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेशको विरोधमा बैठकमा लगातार नाराबाजी गरेपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको थियो । काँग्रेसको नाराबाजीलाई जसपाले समेत साथ दिएको छ । १० मिनेटका लागि स्थगित बैठक विशेषकारणबस बस्न नसक्ने भन्दै २६ गते बुधबार सम्मका लागि स्थगित भएको छ ।

बैठक सुचारुको निम्ति सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग आवश्यक पहल गरेपनि निचोड निस्किएको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।