२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

प्रतिनिधिसभा बैठकमा भीम रावलको प्रश्न– यो सरकार कुन पार्टीको हो ?

प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ नेकपाको प्रचण्ड–माधव पक्षका सांसद आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि सांसद रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।

उनले सर्वोच्च अदालतबाट आइतबार नेकपा विवादसम्बन्धी रिटमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको तर्फ संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर प्रश्नसमेत गरे । उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।