२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

एलपीएल : शारदाको दोस्रो जित

धनगढी।   धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका लागि शेर मल्लले ४३ र कप्तान विरेन्द्र नाथले ३८ रन बनाए ।

शारदाका कुम्बा देउवाले ३ तथा अविशेक पाल र सिफ्टेन अन्सारीले २÷२ विकेट लिए । विद्या भुषणले दिएको १ सय ३४ रनको लक्ष्य शारदाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । शारदाको जितमा लक्की कडायतले ६७ रनको अर्धशतकीय पारी खेले । उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए । विद्या भुषणका नरेन साउदले ३ विकेट लिए ।

आजको खेलमा शारदा विजयी भएसंगै शारदा र विद्या भूषणको समान ४ अंक भएको छ । भोलि हुने त्रिनगर मावि र लिटल फ्लवारबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ । लिटल फ्लवारले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने त्रिनगरले दुबै खेल गुमाएको छ । 

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।