डडेल्धुराका पत्रकार प्रकाश ऐरले जन्मदिनको अवसरमा विरामीलाई फलफूल वितरण गरेका छन्। आइतबार परेको जन्मदिनको अवसरमा उनले डडेल्धुरा अस्पताल डडेल्धुराका विरामीलाई फलफूल वितरण गरेका हुन्।



प्रेस संगठन नेपालका जिल्ला सह–संयोजक ललित बोहराको प्रमुख आथित्यतामा अस्पतालको आइसीयू र प्रसुति गृहमा रहेका सुत्केरी महिलालाई फलफूल वितरण गरिएको हो। जन्मदिनको अवसरमा भोज भतेर गर्नु भन्दा बिरामीलाई सहज होस् भनेर फलफूल वितरण गरिएको ऐरले बताएका छन्।
फलफूल वितरण कार्यक्रममा पत्रकार शेर भण्डारी, खबरदारि मिडियाका पत्रकार अनुप बिक्रम मल्ल लगाएतको सहभागिता हरेको थियो।
Views: 263

























