२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

प्रेस युनियन कञ्चनपुरको जिल्ला भेला सम्पन्न

महेन्द्रनगर । शनिवार नेपाल प्रेस युनियन कञ्चनपुरको  बृहत जिल्ला भेला सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको उक्त भेलामा नेपाली काङ्ग्रेस कञ्चनपुरका पुर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य बहादुर सिंह थापाको प्रमुख अतिथि रहेका थिए।उक्त कार्यक्रमले आगामी चैत्र महिनामा हुने पत्रकार महासंघ जिल्ला कार्य समितिको विभिन्न पदका लागि उमेदवार टुङ्गो लगाउनका लागि छलफल प्रकृया अगाडी बढाउने भएको छ। 
प्रेस युनियनमा आवद्ध ८० जनाको उपस्थितीमा शनिवार पाँच सदस्यीय कार्यदल समेत गठन गरिएको नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दले बताएका छ्न । उक्त कार्यदलको संयोजकमा बरिष्ठ पत्रकार लक्ष्मी दत्त जोशी रहेका छन् । 
युनियन भित्र अध्यक्ष तथा अन्य पदका आकांक्षी थुप्रै देखिए पनि कार्यदलले लिएको निर्णय सर्व स्विकार्य हुने कार्यक्रममा सहभागी सबैले प्रतिबद्धता जनाएका छन् । उक्त वृहत जिल्ला भेलामा स्थापना कालमा प्रेस युनियन संगै रहेर काम गर्दै आएका तर मध्य समयमा तत्कालिन प्रेस सेन्टर संग आवद्ध भएर काम गर्दै आएका पत्रकार तथा समाजसेवी अशाोक पाण्डेय र स्वतन्त्र पत्रकार संघ कञ्चनपुरका जिल्ला अध्यक्ष पुष्कर भट्टलाई कार्यक्रमका प्रमुख अतिथी थापाले टिका ग्रहण गराउदै प्रेस युनियन कञ्चनपुरमा स्वागत गरेका हुन् । 
अध्यक्ष अमर कहादुर चन्द सभापति रहेको कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य बहादुर सिंह थापा, बिशिष्ठ अतिथी नेपाली कांग्रेस जिल्ला सचिव दिवाकर पाण्डेय, बिशिष्ठ अतिथीमै नेपाली कांग्रेस कञ्चनपुरका पुर्व पार्टी सह–सचिव मिन बहादुर सिंह, अतिथीहरुमा नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका अध्यक्ष सुशिल भट्ट, नेपाल प्रेस युनियन कञ्चनपुरका संस्थापक अध्यक्ष माधव सिंह धामी, नेपाली कांग्रेस कञ्चनपुर  जिल्ला सदस्य एवं प्रचार प्रसार विभाग प्रमुख चक्र महता, प्रेस युनियनका केन्द्रीय सदस्य हरिश भट्ट, बरिष्ठ पत्रकार चित्रांग थापा, पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समितिका महासचिव योगेस रावल,  कर्ण देव भट्ट, तेज सिंह भण्डारी लगायत प्रेस युनियनका नेता तथा कार्यक्रताको भेला रहेको थियो । उक्त कार्यक्रम प्रेस युनियन कंचनपुरका सचिव मनोज भट्टले सञ्चालन गरेका थिए ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी चैत्र महिनामा हुने निर्वाचनका लागि चुनावी अधिवेशन सुरु भए संगै जिल्लाका पत्रकारहरु आन्तरिक भेला, छलफल तथा अन्तरक्रियामा लागेका छ्न।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।