२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

बझाङको साइपाल गाउँपालिकाको सबै वडामा बिद्युत् सेवा विस्तार

बझाङ ।  बझाङको  उत्तरी क्षेत्रमा पर्ने दुर्गम विकट साइपाल गाउँपालिकाको सबै वडामा बिद्युत्  विस्तार भएको छ । स्थानीय सरकारको पहल र सहयोगमा  त्यहाँकै  स्थानीय खोलाहरूबाट ग्रामीण लघु जलविद्युत्  निर्माण गरेपछि गाउँपालिका भित्रका सबै घरमा बिद्युत्  सेवा भएको हो  ।

त्यहाँका, धलौन, काँडा, धुली न्युना बलौडी गाउँ अहिले बिद्युत्ले झिलिमिली देखिन्छन् ।  सबै घरधुरीमा अहिले बिद्युत्को सेवा पुगेपछि गाँउलेहरु धेरै खुसी भएका गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले  बताउनुभयो  ।

भौगोलिक रुपमा विकट यातायातको सुविधा नहुँदा हिँडेर चार पाँच दिनपछि पुगिने यस गाउँपालिकामा अहिले मोबाइल फोन सेवाको सुविधा पनि भएको छ । अव अस्पताल र सडक बाटो जोड्नका लागि सरकारको सहयोग हुनुपर्ने  त्यहाँका बासिन्दाहरूको माग गरेका छन् ।

सदरमुकाम चैनपुर आसपास बिद्युत्को केन्द्रीय प्रसारण लाइनको बिद्युत्  सेवा भए पनि अधिकांश भागमा भने ग्रामीण लघु जलविद्युत्बाट नै बिद्युत्  सेवा भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।