२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया वृद्धा सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका–६ का जीप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। 

दुर्घटनामा परी जीपमा सवार अन्य ४ जना घाइते भएको छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षिय बुद्धिबल्लव पन्त, सोही ठाउँका १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय बसन्त पन्त र ७० वर्षीया गंगा पन्त रहेको उनले बताए ।

गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग–३ च–१६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोटमा दुर्घटनामा परेको हो । कच्ची सडक भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जीप सडकबाट भण्डै एक सय मिटर तल खसेको बताइएको छ । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।