२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

एलपीएल : बाल बाटिका सेमीफाइनलमा, होलिल्याण्डको दोस्रो जित

धनगढी, २२ फागुन ।   कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । उसका लागि विराट सिंह भण्डारीले ५५ र दिपेश सिंहले २३ रन बनाए । बलिङतर्फ गुरुकुल एकेडेमी लम्कीका सुनिल भण्डारीले ३ र संगम विष्टले २ विकेट लिए । १ सय ४४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुरुकुल एकेडेमीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।

उसका लागि विश्वास श्रेष्ठ ३७ र संगम विष्टले ३० रन बनाए । बाल बाटिकाका कमल ओली ३ र कमल कुँवरले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच बाल बाटिकाका विराट सिंह भण्डारी भए । यसअघि आजै भएको पहिलो खेलमा होलिल्याण्ड स्कुलले लगातार दोस्रो जित निकालेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शनिबार भएको खेलमा धनगढी नमुनालाई ६ विकेटले पराजित गर्दै होलिल्याण्डले लगातार दोस्रो जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको धनगढी नमुनाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका अनुप कुँवरले ६५ र आयुस खड्काले अविजित रहदै ६४ रन बनाए । होलिल्याण्डका अविशेक कोइरालाले ३ र राजेश महराले २ विकेट लिए । धनगढीले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होलिल्याण्डले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

होलिल्याण्डको जितमा मनोज ओझाले ६६ र राहुल भण्डारीले ४७ रन बनाए । धनगढी नमुनाका सबिन महरा, पारस कार्की, बसन्त सिंह कार्की र आयुस खड्काले १÷१ विकेट लिए । होलिल्याण्डका मनोज ओझा प्लेयर अफ द म्याच चुनिए । जारी प्रतियोगितामा धनगढी नमुनाको यो लगातार तेस्रो हार हो ।

यस हारसंगै धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।