धनगढी । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि हुनेको संख्या चार हजार ४११ पुगेको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सात, डडेल्धुरा अस्पतालमा दुई र भेरी अस्पतालमा एक गरी आज थप १० जनामा संक्रमण पुष्टि हुनेको संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरामा भएको परीक्षणमा डडेल्धुराकै दुई जना र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा कञ्चनपुरका एक जनाा संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यता सेती प्रादेशिक अस्पतालको प्रयोशागलामा भएको परीक्षणमा धनगढीका पाँचसहित सुदूरपश्चिमका सात जनामा संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय ३९ जनाको कोरोना परीक्षण भएकोमा ६ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए।
धनगढी उप–महानगरपालिका वडा नम्वर ११ का ३७, ४५, ४६ र ४८ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १९ बर्षीय पुरुष र दार्चुलाकी २२ बर्षीया युवतीमा पनि कोरोना पुष्टि भएको छ। आज १० जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार चार सय ११ पुगेको छ।
संक्रमण पुष्टि भएका दुई हजार तीन सय ७३ जना डिस्चार्ज भएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।