२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

भावी प्रधानमन्त्री को ? प्रचण्ड भन्छन्, एक–दुई दिनमा टुंगो लाग्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारेको बताएका छन् ।

आज उक्त समूहको सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आगामी दिन सहज बनाउन ओलीले अविलम्ब राजीनामा दिनु देश र उनका लागि सहज हुने प्रचण्डले  बताए ।

भावी प्रधानमन्त्रीको विषयमा अरु दलहरुसँग छलफल गरेपछि मात्रै आफूहरु निर्णयमा पनि उनको भनाइ छ । “अहिले हामी छलफलमै छौँ । संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलहरुसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ । आन्दोलनमा सहकार्य भयो । छलफलमा छौँ, एक–दुई दिनमा टुंगो लाग्छ,” उनले भने ।

उनले आफू संसदीय दलको नेता बन्नुलाई अवसर र चुनौतीको रूपमा लिएको उल्लेख गरे । ओली गुट र ‘भ्रम’मा रहेका नेता–कार्यकर्तालाई आधिकारिक पार्टी आफ्नै भएकाले यतै आउन पनि प्रचण्डले आग्रह गरे ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।