२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

म्यानमारमा प्रहरीको गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु

 काठमाडौं । शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

यसअघि गत बुधबार म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।म्यानमारको संकटबारे संयुक्त राष्ट्रसंघमा पनि छलफल हुँदैछ ।

म्यानमारका जारी आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघ र अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । प्रदर्शनकारीहरुले म्यानमारमा प्रजातन्त्रको पुनर्बहालीको माग गरिरहेका छन् । ‘ढुङ्गेयुग सकिइसक्यो, अब हामीले धम्क्याउँदैमा डराउने छैनौं’, प्रदर्शनकारीहरुले भनेका छन् ।

प्रदर्शनकारीको संख्या बढ्दै गएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली एक प्रदर्शनकारीको घाँटीमा लागेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

म्यानमारका अन्य सहरमा पनि शुक्रबार ठूलो संख्यामा प्रदर्शनकारीहरु उपस्थित भएका थिए ।

-एजेन्सीहरुको सहयोगमा

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।