२०८३ कार्तिक २१ शुक्रबार
२०८३ कार्तिक २१ शुक्रबार

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

कपाका अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता चयन भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेतामा चयन गरिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

‘पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो’ उनले भने ।

नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा दाहाल र नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।