२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

कैलाली कारागारबाट विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा

धनगढी । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन कैलाली कारागारबाट रिहा भएका छन । कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा भएका हुन । नेता पुन रिहा भएपछि कारागार बाहिर कार्यकर्ताहरु नाराबाजी सहित खुशी साटासाट गरिरहेका छन । 

सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गरिएको बताईएको छ । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको थियो ।

नेकपा र सरकारबीचको ३ बुँदे सहमतिसँगै २८ फागुन ०७५ मा सो पार्टीलाई लगाएको प्रतिबन्ध बिहीवार फुकुवा गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।