२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना, अत्यावश्यक सेवाबाहेक सबै बन्द

इटहरी । इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उपमहानगर र स्थानीय प्रशासनसहित बसेको आकस्मिक बैठकले वडा कार्यालयसहित अत्यावश्यक सेवाबाहेक काम बन्द गर्ने निर्णय भएको छ ।

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क रहने कर्मचारीलाई कोरोना भएसँगै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहित बसेको बैठकले लकडाउन गर्ने निर्णय भने गरेको छैन।

लकडाउन नगर्ने भए पनि हाटबजार पूर्ण रूपमा बन्द गर्ने र बाहिरी पसल, होटेल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

सङ्क्रमित कर्मचारी बुधबारसम्म कार्यालयकै काममा रहेकाले कर्मचारीमा भने त्रास बढेको छ।

योजना शाखाका कर्मचारी भएकाले कर्मचारी र सेवाग्राहीको भीड लाग्ने ठाउँमा भएकाले पनि जोखिम बढेको कर्मचारीहरू बताउँछन्।

पहिलो चरणमा उपमहानगरका १० कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएको र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्र थप निर्णय गर्ने बताइएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।