२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

Breaking : कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्तमा गोली लागि एकको मृत्यु

धनगढी : कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना मारिएका छन्।

जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिक मारिएका हुन्।

बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको हो। मृतकको परिचय खुलेको छैन। मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक थापाको कमाण्डको टोलि बेलौरीतर्फ हिडेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।