२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कञ्चनपुरको शुक्लाफाटा-१० का जनप्रतिनिधि कर्मचारीको सक्रियता : वडावासिलाई सहज सेवा प्रवाहमा जुट्ने ऐक्यबद्धता

कञ्चनपुर- कञ्चनपुरकाे शुक्लाफाटा नगरपालिका वडानं१०का जनप्रतिनिधि र कर्मचारीले वडावासि लाई सहजसेवा प्रवाहमा जुट्ने ऐक्यबद्धता जनाएका छन्।नेपाल सरकारले भुमि सम्वन्धि समस्या सामाधानकाे प्रक्रिया अगाडि वढाउदा वडा कार्यालयमा आावश्यक कागजात प्रक्रियाका लागि भिडभाड नै हुने गरेकाे छ।

भुमि सम्वन्धि समस्या सामाधानका लागि फर्म भर्न वडामा आावश्यक प्रमाण जुटाउन स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट नागरिक वडामा पुग्ने गरेकाछन्।शुक्लाफाटाकै केही वडामा जनप्रतिनिधि नै नभेटिने कर्मचारी र भुमिहिनकाे लगतसंकलन कर्तानै गैरजिम्मेवार देखिएकाे वेला शुक्लाफाँटा १०का जनप्रतिनिधि कर्मचारी भने वडा कार्यालयमानै वडावासिकाे काममा व्यस्त देखिए।

वडा सदस्य एवं कार्यपालिका सदस्य समेत रहेकि लक्ष्मि शाह,वडा सदस्य तारादत्त अवस्थि संगै वडानं१०कै सामाजिक परिचालक केशव दत्त जाेशि भने वडावासिलाई सहजसेवा प्रवाहमा ऐक्यबद्धता जनाई जुटिरहेको देख्दा आफुलाई खुसि लागेकाे पुर्व वडा अध्यक्ष तेज वहादुर शाहले जनाए।

उनलेभने बर्सौ पहिले देखिकाे भुमि सम्वन्धिकाे समस्या हलहुने विश्वास लियर वडा कार्यालयमा पुग्ने नागरिकलाई कुनै विलम्ब नगरि सहजसेवा प्रवाहले वडावासिकाे मुहारमा समेत खुसि छाएकाे शाहले जनाए।

वडानं१०का वडा सदस्य तारादत्त अवस्थिका अनुशार वडावासिले हामीलाई सेवा गर्न भनेर निर्वाचित गरायर पठाएकाे भुल्नु नहुने भन्दै वडा कार्यालयमा सेवा ग्राहिको चाप वढेकाे देखेर आफुहरूले निरन्तर जनताकाे सेवामा जुट्ने ऐक्यबद्धता जनायकाे अवस्थिले दावि गरेका छन्।

वडा कार्यालयमा कर्मचारी संगै हामि जनप्रतिनिधि समेत मिलि सेवा प्रवाहमा जुट्दा भुमि सम्वन्धि समस्या सामाधानकाे वडाले गर्ने कार्य अन्तिम चरणमा पुगेकाे वताउदै वडावाट नियमित सेवालाई समेत प्रवाहित नहुने गरि कार्य भईरहेकाे वडा सदस्य अवस्थिले जानकारि दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।