काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



जसमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित छन । गत २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७९ हजार ४७ पुगेको छ ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५७ जना क्वारेन्टाइनमा छन । गत २४ घण्टामा ७८ जना उपचारपछि डिस्चार्ज भएका छन । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।
Views: 141

























